सरकारले फाइदा हुने पूर्वाधारमा लगानी गर्नुपर्छ : कुलमान घिसिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले फाइदा हुने पूर्वाधारमा सरकारले लगानी गर्नु पर्ने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै घिसिङले पूर्वाधारमा गरिएको लगानीले देशलाई फाइदा हुने हुँदा सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

पूर्वाधारमा लगानी गर्न अझै सरकारको ध्यान पुगेको छैन घिसिङले भने, ‘अहिले प्राविधिक समस्याका कारण बिजुली प्रवाहमा समस्या भएपनि लोडसेडिङ भनेर गलत हल्ला फैलाईएको छ।’

डेडिकेटेड तचगलप ष्लिभ को पैसा तिर्नु पर्ने भएपछि गलत हल्ला फैलाईएको उनको भनाइ छ ।

घिसिङका अनुसार अहिले ५०० मेगा वाटको पिकिङ पावर पोइन्ट बिग्रिएको अवस्थामा केही समय कम चलाउनु भनेकोमा लोडसेडिङ भनेर गलत हल्ला फैलाईएको छ ।

उनले कुनै पनि उद्योग कहिले पनि २४ घण्टा नचल्ने उल्लेख गर्र्दै घिसिङले भने, ‘उहाँहरुले १६, १७ घण्टा भन्दा बढी चलाउनु नै हुन्न अनि किन २४ घण्टा बिजुली चाहिन्छ।’