६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

पुस ७ गते बोलकबोल हुनेछ भने राष्ट्र बैंकले पुस २८ गते साँवा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।