नेप्से १३ अंकले घट्यो, रिभर फल्स पावरको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसुमहमध्ये २ ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ११ ओटा उपसमुह राताम्ये बनेका छन् ।

आइतबार रिभर फल्स पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख १२ हजार रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१९ कम्पनीको ९१ लाख ९० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।