काठमाडौं । सहकारी ठगीको आरोपमा चन्द्रागिरी नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेमान महर्जन पक्राउ परेका छन् । आज सोमबार प्रहरी वृत सोह्रखुट्टेको टोलीले महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
ठमेल स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उक्त सहकारीको कोषध्यक्ष समेत रहेका महर्जनले रकम हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्