काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ ओटा विप्रेषण कम्पनीहरुको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा.लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा.लि. को इजाजतपत्र खारेज गरेको हो ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप विनियम (५) बमोजिम खारेज हुन लागेको हो ।
कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागमा लिखितरुपमा जानकारी दिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा यी विप्रेषण कम्पनीहरुको बैंक जमानत फुकुवा हुने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्