काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ९ लाख ९२ हजार ३६३ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सोमबार उपकार लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१२ कम्पनीको एक करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्