भारतमा कार बिक्रीले नयाँ कीर्तिमान कायम, दुई पाङ्ग्रे सवारीको बजार बढ्दै


काठमाडौँ । भारतमा कारको खुद्रा बिक्री एक वर्षमा पहिलो पटक ४० लाख नाघेको छ। फेडरेशन अफ अटोमोबाइल एसोसिएसन (फाडा) का अनुसार सन् २०२४ मा देशभर ४० लाख ७३ हजार कार बिक्री भएका छन्। यो संख्या २०२३ मा बिक्री भएका ३८ लाख ७३ हजार कारको तुलनामा ५.१८ प्रतिशतले बढी हो।

दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीमा पनि उल्लेखनीय वृद्धि भएको फाडाले जनाएको छ। २०२४ मा दुई पाङ्ग्रे सवारीसाधनको खुद्रा बिक्री १०.७८ प्रतिशतले बढेर १ करोड ८९ लाख पुगेको छ। २०२३ मा यो संख्या १ करोड ७१ लाखमा समिति थियाे ।

यद्यपि, दुई पाङ्ग्रे सवारीसाधनको बिक्री अझै पनि प्रि-कोभिड स्तरमा पुग्न सकेको छैन। कोभिडअघि दुई पाङ्ग्रे सवारीसाधनको वार्षिक बिक्री २ करोड १ लाखको रेकर्डमा पुगेको थियो, जुन पछिल्लो वर्षको तुलनामा अझै कम छ। यसमा विद्युतीय सवारीसाधनको हिस्साले थप योगदान गर्ने अनुमान गरिएको छ।