महुली लघुवित्तले लाभांश नदिने


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफा सञ्चित गर्ने निर्णय गर्दै लाभांश नदिने घोषणागरेको हो ।

बैठकले आव २०८०/८१ को २०८१ असार मसान्तको वासलात, २०८० साउन १ देखी २०८१ असार ३१ सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत गरी आव २०८०/८१ को २०८१ असार मसान्तमा कायम रहेको वितरण योग्य मुनाफालाई सचित गरी आव। २०८० र ०८१ को लागी लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, बैठकले उक्त प्रस्ताव आगामी साधारण सभामा पारित गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।