काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार सुपरमादी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड ८८ लाख ६ हजार ४३१ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२३ प्रतिशतले घटेको छ ।
कुल ३०८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्