महिला लघुवित्तले लाभांश नदिने


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गदै सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।

संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले संस्थाको आव २०८०र८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०र८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।