भारतको औद्योगिक उत्पादन नोभेम्बर २०२४ मा ५.२ प्रतिशतले बढ्यो


भारतको औद्योगिक उत्पादन सूचकांक नोभेम्बर २०२४ मा ५.२ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कले नोभेम्बर २०२४ को लागि खानी, उत्पादन र बिजुली तीन क्षेत्रहरूको वृद्धि दर क्रमशः १.९ प्रतिशत, ५.८ प्रतिशत र ४.४ प्रतिशत रहेको देखाएको छ ।

नोभेम्बर २०२४ को महिनाको लागि खानी, उत्पादन र बिजुली क्षेत्रहरूको औद्योगिक उत्पादन सूचकांक क्रमशः १३३.८, १४७.४ र १८४.१ रहेको छ । तथ्याङ्कले नोभेम्बर २०२४ को लागि उत्पादन क्षेत्र भित्र, शिर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभुत धातुहरूको उत्पादन (७.६ प्रतिशत), विद्युतीय उपकरणको उत्पादन (३७.२ प्रतिशत) र अन्य गैर–धातु खनिज उत्पादनहरूको उत्पादन (१२.० प्रतिशत) रहेको देखाएको छ ।