सोमबार १५ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड २५ लाख ५१ हजार ६७५ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२२ कम्पनीको एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।