काठमाडाैँ । नर्सरी व्यवसायी संघको आयोजनामा दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ हुने भएको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने मुल नाराका साथ आउँदो चैत्र ०८ गतेदेखि ११ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त एक्स्पो हुने भएको हो ।
मेला संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतम अनुसार यस मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको बिक्री वितरणको लागि राखिने छ । मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने आयोजकले जनाएको छ । मेला स्थलको लागि सदस्यको लागि प्रतिस्टल २७ हजार र गैर सदस्यका लागि ४० हजार रुपैँया शुल्क कायम गरिएको मेला संयोजक गौतमले जानकारी दिए ।
उक्त मेलामा सहभागी हुने नर्सरीहरूका लागि माघ २ गते बुधबार बिहान १० बजेबाट बुकिङ खुल्ला गरिने भएकाले संघको कार्यालय मैतीदेवीमा उपस्थित भएर बुकिङ गर्न संघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्