बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक लाख ५५ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ८३० रुपैयाँ पु्गेको छ ।