सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला


काठमाडौँ। सानिमा बैंक लिमिटेडको संस्थापक सेयर विद्यमान सेयरधनीहरुबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।

बैंकले सेयरधनीहरुको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर प्रतिकित्ता न्युनतम मूल्य १४५ रुपैयाँ बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केद्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।