खानेपानीमन्त्री यादवको दाबीः ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्‍याइसक्यौं


काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् ।

बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा डिप्लोमा इन्जिनियर एसोसिएसन नेपाल डिनद्वारा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पु¥याइसक्ने घोषणा समेत गरेका हुन् ।

उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने गरी काम गरिरहेको बताए ।

“खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरु प्रभावकारी रूपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ । अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतिको पनि सामना गर्नुपरेको छ । अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पुर्‍याएका छौं ,”उनले भने।

उनले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए । उनले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए ।