काठमाडाैँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् ।
बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखेका हुन् । उनले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताए ।
उनले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको बताए । ट्राफिक प्रहरी प्रमुख घिमिरले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको उल्लेख गरे । उनले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गरे ।उनले सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागि रहेको बताए ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गरे । उनले २१ लाख मोटरसाइलक मात्रै रहेको उल्लेख गरे । उनले सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजी सवारी साधनको मात्रा वृद्धि भएको बताए । उनले सरकारले निजी सवारी साधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न नहुने बताए । उनले विद्युतीय सवारी साधनलाई यातायात व्यवसाहीहरुले स्वागत गरे पनि राज्यले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्