काठमाडौँ । नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली २०८१” सार्वजनिक गरेको छ ।
बार्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न नियमावली सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार आवदेकले निष्कासन गरिने सेयरमध्ये न्यूनतम पाँच सय कित्ता दरखास्त दिनुपर्नेछ । सार्वजनिक निष्कासनको सेयर दरिदको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुने जनाएको छ ।
संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासनमा सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा दरखास्तको साथ कम्पनी सम्बन्धी प्रचलित कानुनमा व्यवस्था भए अनुसार प्रतिशेयरको अंकित मूल्यको पचास प्रतिशतमात्र रकम माग गर्नुपर्ने बोर्डले उल्लेख गरेको छ ।
यदि कुनै विशेष ऐनमा शतप्रतिशत रकम माग गर्न सकिने व्यवस्था भएकोमा वा सञ्चालनमा रहेको संगठित संस्थाले आफ्नो अघिल्लो तीन वर्षको लेखापरीक्षणा भएको आर्थिक विवरण प्रकाशन गरी पुँजी संकलन गर्दा पचास प्रतिशतभन्दा बढी रकम माग गर्ने व्यवस्था भएकोमा दरखास्त साथ सोभन्दा बढी रकम पनि माग गर्न सकिने जनाएको छ ।
बोर्डका अनुसार नियमावली अनुसार दर्ता तथा निष्कासन गरिने धितोपत्रको अंकित मूल्य एक सय रुपैयाँ हुनेछ ।
धितोपत्र बाँडफाँट गर्दा सर्वप्रथम सबै आवेदकलाई न्यूनतम पाँच सय कित्ताको दरले बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्रको समानुपातिक रुपमा खण्डित नहनुेगरी बाँडफाँट गर्नुपर्ने उल्लेख गरिएको छ ।
यदि सबै आवदेकलाई अपुग भएमा गोलाप्रथाबाट आवेदक छनोट गरी बाँडफाँट गर्नुपर्नेछ ।
बोर्डले माघ ३ गतेबाट लागू हुनेगरी नियमावली सार्वजनिक गरेको हो । नियमावलीको आवश्यक कार्यान्वयनको लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत पत्राचार गरिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्