काठमाडौँ। नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् ।
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा दीपक कुमार दे रहेका थिए । उनको कार्यकाल माघ २ गतेदेखि सकिएको हो ।
बैंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३ गतेदेखि लागू हुनेगरी तिवारीलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दे लाई बैंकले एस.बि.आई मा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका लागि उनलाई बैंकले फिर्ता बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्