जनमैत्री बहुमुखी क्याम्पसले गर्न लागेको ‘इन्टरनेसनल कनफेरेन्स’ को तयारी पुरा


काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक गर्न लागेको ‘इन्टरनेसनल कनफेरेन्स’ को तयारी पुरा भएको छ ।

काठमाडौँ गौशाला स्थित पौवा होटलमा माघ ५ र ६ गते २ दिनसम्म चल्ने कनफेरेन्सको सम्पूर्ण तयारी पुरा भएको क्याम्पसले जनाएको छ ।

कनफेरेन्समा देशभरका ५० भन्दा बढी क्याम्पसको सहभागिता हुने भएको छ भने भारत,बंगलादेश,कोरिया,अमेरिका र युकेसहित नेपालका विशेषज्ञहरूले सहभागिता जनाउने क्याम्पसले जनाएको छ ।

कार्यक्रममा ३८ ओटा अनुसन्धान पत्र प्रस्तुत हुने छन् भने ४ ओटा प्लेनरी शत्र चल्नेछ ।

८ ओटा ‘कि नोट स्पिकर’ हुने छन् । कार्यक्रममा अनुसन्धानकर्ता फ्याकेल्टी सदस्यहरू सदस्यहरू, पिएचडी विद्यार्थीहरू र अनुसन्धानमा चासो राख्ने व्यक्तित्वहरूको कार्यक्रममा सहभागिता रहने क्याम्पसले जनाएको छ ।

कनफेरेन्सको मुख्य उद्देश्य उच्च शिक्षा क्षेत्रका समस्याहरूको समाधान र गुणस्तर सुधार गर्ने तरिका खोज्ने रहेको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिए ।

उनले भने,“यस कार्यक्रमको उद्देश्य भनेको उच्च शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र देशको दक्ष जनशक्ति उत्पादनका लागि नयाँ विचार र उपायहरू प्रस्तुत गर्ने उद्देश्य हो ।”

कनफेरेन्समा विभिन्न विषयगत छलफलहरू र कार्यशालाहरू हुनेछन्, जसमा उच्च शिक्षा प्रणालीका चुनौतीहरू, विद्यार्थीहरूको अनुभव, समस्या र शिक्षा प्रणालीलाई अझ राम्रो बनाउने उपायहरू माथि गहिरो छलफल हुने क्याम्पसले जनाएको छ ।

कार्यक्रमले विद्यार्थीहरू, शिक्षाविद्हरू र नीतिनिर्माताहरूलाई अवसरहरू र समाधानका उपायहरू सुझाब गर्ने र दीर्घकालीन रुपमा उच्च शिक्षा प्रणालीको सुधारमा मद्दत पु¥याउने क्याम्पसको विश्वास छ ।

कार्यक्रममा सहभागीहरूले उच्च शिक्षाको गुणस्तर सुधार, विद्यार्थीहरूको अनुभव र चुनौतीहरूसँगै शिक्षा नीतिका बारेमा समाधानात्मक उपायहरू प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलका संयोजक अनिल भुसालले जानकारी दिए ।

उनले भने,“ यो कार्यक्रमले उच्च शिक्षा क्षेत्रका समस्याहरुलाई पहिचान र समाधान गर्न यस कार्यक्रमले नेपालको शौक्षिक प्रगति र देशको सम्रग विकासमा महŒवपूर्ण योगदान पु¥याउने विश्वास छ ।”