काठमाडाैँ। इन्डिया ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा भारतको पहिलो सोलार पावरबाट चल्ने कार ‘ईभा’ सार्वजनिक भएको छ। एकपटक चार्ज गरेपछि यो कारले २५० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। वेभ ईभा ५ सेकेन्डमै ०–४० किलोमिटर प्रति घण्टाको गति लिन सक्नेछ।
कम्पनीका अनुसार ईभामा फ्लेक्सिबल सोलार प्यानल जडान गरिएको छ, जसको माध्यमबाट कारले दैनिक १० किलोमिटर चल्न सक्छ। ऊर्जा भण्डारणका लागि यसमा १८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक राखिएको छ। वेभ ईवा तीन भेरियन्टमा उपलब्ध हुनेछ जसमा नोभा, स्टेला र भेगा रहेका छन् ।
यसको प्रारम्भिक एक्स-शोरूम मूल्य ३ लाख २५ हजार भारु हुनेछ।यो सानो कार दुईजना वयस्क र एकजना बच्चालाई सहज रूपमा यात्रा गर्न मिल्नेगरी डिजाइन गरिएको कम्पनीले जनाएकाे छ। यो कारको डेलिभरी सन् २०२६ देखि सुरु हुने कम्पनीकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्