काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म खुला गरेको आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ताका लागि आवेदन दिएका थिए भने एक लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको भने ८ हजार ४५२ आवेदन रद्द भएको छ।
प्रतिक्रिया दिनुहोस्