दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक
१२.५८ अंकले बढेर २६०१.२१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।

एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ८५ लाख २५ हजार ५९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजू)का लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीहरुको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर बढेर सकारात्मक सर्किट लागेको छ ।

आइतबार सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।