काठमाडाैँ । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको आयोजकले बताएको छ ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा सुरू भएको मेलामा उत्साहजक सहभागिता भएको आयोजकले बताएको हो । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा भएको प्रदर्शनी सफल भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक र्सिजल भट्टराईले १० औँ संस्करणको नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि आगामी दिनमा पनि नेपालमा हुने प्रदर्शनीहरुमा सहभागिता जनाउन उत्साहित भएको बताए ।
उनले प्रदर्शनीमा आउने अवलोकनकर्ताहरुले घर बनाउँदा मोडल डिजाइनको माग गरेको पाइएको बताए । उनले उस्ता प्रदशर्नीलाई सातै प्रदेशमा लैजान तयार रहेको बताए । उनले त्यसको लागि राज्यले आवश्यक सबै सहयोग आवश्यक रहेको बताए । मेलामा ७० प्रतिशत अवलोकनकर्ताहरु काम र आवश्यकता भएकाले अवलोकन गरेको बताए । उनले प्रदर्शनीमा लक्ष्य अनुसार ३० हजार अवलोकर्ताले प्रदशर्नी अवलोकन गरेको बताए ।
नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका प्रथम उपाध्यक्ष राजकुमार मल्लले वुड फर्निचर व्यवसायीहरुको व्यापार व्यवसाय वृद्धि गर्न मेलाले महत्वपूर्ण भुमिका खलेको बताए । उनले मेलाले व्यवसायलाई इनोभेसनमा लैजानुपर्ने आवश्यकता रहेको देखिएको बताए ।
इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम श्रेष्ठले मेलाले डिजाइनहरुलाई नयाँ प्रविधिको विषयमा जानकारी लिने अवसर मिलेको बताए ।
प्रतिक्रिया दिनुहोस्