काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस) सम्म १३ अर्बभन्दा बढीको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनामा १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा विद्युतीय सवारी साधन आयात भएको हो ।
विभागका अनुसार जसबाट सरकारले ८ अर्ब १६ करोड राजस्व संकलन गरेकाे छ । नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्