छ महिनामा लघु जीवन बिमकको व्यवसाय ५१ करोडभन्दा माथि, गार्डियन माइक्रो लाइफ अग्रस्थानमा


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१\०८२ को छ महिना (साउनदेखि पुस) सम्म लघु जीवन बिमकले ५१ करोडभन्दा बढी रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमकले छ महिनामा ६ लाख ६९ हजार २४४ वटा बिमालेख जारी गरेर ५१ करोड २९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी धेरै गार्डियन माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ४ लाख ७४ हजार १८३ वटा बिमालेख जारी गर्दै २० करोड २० लाख रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले १ लाख २३ हजार ३३५ वटा बिमालेख जारी गर्दै १८ करोड ६४ लाख बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले ७१ हजार ७२३ वटा बिमालेख जारी गरि १२ करोड ४५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।