काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को छ महिना पुससम्म निर्जीवन लघु बिमकले ४२ करोडभन्दा बढी रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिनामा चार वटा लघु निर्जीवन बिमकले १ लाख ६८ हजार ४७१ वटा बिमालेख जारी गरेर ४२ करोड २९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४९ हजार ३८४ वटा बिमालेख बिक्री गरेर १२ करोड ४१ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ३९ हजार १०९ वटा बिमालेख बिक्री गरेर १० करोड ३७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
यसैगरी स्टार माइक्रोले ४४ हजार ६८३ वटा बिमालेख बिक्री गरेर ९ करोड ८२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३५ हजार २९५ वटा बिमालेख बिक्री गरेर ९ करोड ६८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्