काठमाडाैँ । नेपाल आईस्क्रिम उद्योग व्यवसाय संघको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले नेपाल डेरी तथा एनडिज आईस्क्रिम प्रा.लिका संचालक अरनिको राजभण्डारीलाई अध्यक्षमा चयन गरेको छ।
सभाले राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। समितिमा निरंजन श्रेष्ठलाई निवर्तमान अध्यक्ष, प्रकाश महर्जनलाई उपाध्यक्ष, सरोज श्रेष्ठलाई महासचिव र कुल प्रसाद घिमिरेलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
यसैगरी, कार्यसमितिमा जितेन्द्रमान जोशी, विपुल लुईटेल, रुपक लुईटेल, प्रदीप महर्जन, र विकल कर्माचार्य सदस्यका रूपमा रहेका छन्। सल्लाहकार मण्डलमा भुपेन्द्र व. शाक्य र मुरारी लाललाई चयन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्