काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरू गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौँमा शनिवार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै प¥यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका हुन् । उनले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरू पारित गर्नेगरी अघि बढ्ने बताए ।
उनले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे। उनले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताए। काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्