मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ९०० रुपैयाँले घटेर एक लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँ कायम भएको छ ।