२४ अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगबालर सप्ताकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड २१ लाख ३२ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस्तै, डोल्टी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४३ अंकले घटेको छ ।

कुल ३२५ कम्पनीको एक करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।