राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार चार दिन बन्द हुने


काठमाडाैँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोर बैंकिङ्ग सिष्टम प्रतिस्थापनको कामका लागि चार दिनसम्म बैंकका विभिन्न सेवा बन्द हुने जनाएको छ। बैंकले माघ १६ गते बुधबार बिहान ६ बजेदेखि माघ १९ गते शनिबार बेलुकी ६ बजेसम्म इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने जानकारी गराएको हो।

यस अवधिमा अत्यावश्यक बैंकिङ्ग कारोबारको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्न ग्राहकलाई अनुरोध गरिएको छ। माघ १८ गते भने जम्मा र झिक्ने सम्बन्धी कामको लागि मात्र बैंक खुला गरिनेछ।

बैंकले सदस्य सहकारी संघ/संस्था तथा सरोकारवालाहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै, सेवा बन्द हुने समय अवधिमा समस्या समाधानका लागि अग्रिम व्यवस्था गर्न अनुरोध गरेको छ।