काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै घर, कम्पाउण्ड र परिसरबाट निस्कने फोहोरलाई सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्न, राख्न वा थुपार्न प्रतिबन्ध लगाएको हो।
महानगरपालिकाका अनुसार यस्ता कार्यले शहरलाई फोहोर र दुर्गन्धित बनाउने मात्र नभई जनस्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो निर्णय गरिएको हो। “फोहोर व्यवस्थापन नगरिएको खण्डमा रोगव्याधि फैलिनसक्छ, जसले नगरवासीहरूको स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ,” महानगरपालिकाका वातावरण व्यवस्थापन विभागले बताएको छ।
महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) अनुसार, सार्वजनिक स्थानमा फोहोर फाल्ने कार्य गर्ने व्यक्तिलाई पाँच हजारदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना गरिने जानकारी गराएको छ।
प्रतिक्रिया दिनुहोस्