काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्नेकुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सकरारले कुनै न कुनै संरचना बनाइरहेको र त्यसले जनतालाई सुविधानको ढोका खोल्दा कतिपयलाई असहज भएको बताएका हुन् । उनले निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर रहेको बताए ।
राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र बन्दै गरेको नेपाललाई अघि बढाउन सकिने बताए । प्रधानमन्त्री ओलीले सरकारले सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै लगेको बताए ।
प्रतिक्रिया दिनुहोस्