काठमाडौं । भारतले नेपाललाई दिने अनुदान गत वर्ष बराबरी नै ७ अर्ब भारु यथावत राखेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत बजेटमा नेपाल, भुटानसहितका मुलुकलाई दिइने अनुदान र ऋण १९ प्रतिशतले बढाइएको भए पनि नेपालको अनुदान यथावत राखिएको हो ।
भारतबाट ठूलो अनुपातमा अनुदान र ऋण पाउँदै आएको भुटानको सहायतामा भने सन् २०२४/२५ को सुरु बजेट अनुमानको तुलनामा ८१.४४ प्रतिशतले वृद्धि गरिएजस्तो देखिए पनि संशोधित अनुमानका तुलनामा १५. ४७ प्रतिशतले सहायता घटाइएको छ । जसअनुसार भारतले गत आर्थिक वर्षमा भुटानलाई २५ अर्ब ४३ करोड ८८ लाख भारुको सहायता प्रदान गर्ने संशोधित अनुमान रहेकोमा आव २०२५/२६ मा भने यो रकम २१ अर्ब ५० करोड भारुमा झारिएको छ।
प्रतिक्रिया दिनुहोस्