नाफिजद्वारा आयोजित तीन दिने आधारभूत आर्थिक पत्रकारिता तालिम सम्पन्न


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको आधारभूत आर्थिक पत्रकारिता तालिम सम्पन्न भएको छ । नाफिज कार्यालयमा सम्पन्न तीन दिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो ।

बुधबारदेखि सुरु भएको तालिममा विभिन्न प्रशिक्षकहरुले ७ वटा सेसनमा सहभागिहरुलाई पत्रकारिताका आधारभूत विषयमा जानकारी दिएका थिए । पहिलो दिन बुधबार २ वटा सेसन भएको तालिममा बिहीबार ३ सेसन र शुक्रबार दुइ सेसन गरी सहभागिहरुलाई आर्थिक क्षेत्रका विविध विषयमा जानकारी दिइएको थियो ।

आर्थिक पत्रकारितामा भविष्य खोज्नेहरुका लागि आयोजना गरिएको उक्त तालिममा २५ जनाको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन पत्रकारिताको आधारभूत स्टोरि लेखनका विषयमा उकालोका पत्रकार रितेश त्रिपाठीले सहभागिलाई प्रशिक्षण दिएका थिए । सोही दिन आर्थिक पत्रकारिताको आधारभूत विषयमा नाफिजका निवर्तमान अध्यक्ष मोद ढकालले प्रशिक्षण दिएको थिए ।

दोस्रो दिन किरण आचार्यले पत्रकारिताका विविध विषयमा सहभागिहरुलाई आफ्नो अनुभव सेयरिङसहितको कक्षा लिएका थिए भने आर्थिक पत्रकारिताको प्रथमिक क्षेत्रहरुका विषयमा नाफिजका सल्लाहकार लोक बहादुर चापागाइले सहभागीहरुलाई जानकारी दिएका थिए । उक्त तालिममा समाचार स्टोरीको एङ्गलिङ र समाचारको स्रोतका विषयमा उकालोका सम्पादक रामेश्वर बोहोराले प्रशिक्षण दिएका थिए ।

यस्तै, शुक्रबार निवर्तमान अध्यक्ष ढकालले डाटा पत्रकारिताका विषयमा र सल्लहाकार श्रीधर खनालले पत्रकारितामा भोगेको अनुभव र सहभागिहरुलाई मोटिभेसन सहितको प्रशिक्षण दिएका थिए । कार्यक्रम समापनका अवसरमा नफिजका अध्यक्ष मेनुका कार्कीले यस्ता तालिमहरुले पत्रकारिताको सुरुवात गरिरहेकाहरुलाई लाभा मिल्ने विश्वास व्यक्त गरिन् ।

आर्थिक क्षेत्रका विषयमा सहभागिहरुले ज्ञान लिन पाएको उनको भनाई थियो । तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नका लागि पनि सहभागिहरुलाई अध्यक्ष कार्कीले आग्रह गरिन् । कार्यक्रमको समापन गर्दै नाफिजका उपाध्यक्ष निरोजकुमार थापाले सहभागि तथा प्रशिक्षकहरुलाई धन्यबाद ज्ञापन गर्दै नाफिजले आगामी दिन पनि सबैको साथ र सहयोगको अपक्षा गरेको बताए ।