काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २० दिनको लागि बोलकबोलको माध्यमबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले यसको साँवाब्याज फागुन १३ गते भुक्तानी गर्ने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्