युद्धविराम सम्झौता अन्तर्गत मुक्त गरिएका १५ प्यालेस्टिनी कैदीहरू टर्की पुगे


काठमाडाैँ । हमाससँगको युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गरेका १५ प्यालेस्टिनी कैदीहरू इजिप्ट निर्वासित भएपछि मंगलवार टर्की आइपुगेका छन् ।

टर्कीका विदेशमन्त्री हकान फिदानले  आफ्ना इजिप्टियन समकक्षी बेदर अब्दुलातीसँग अंकारामा संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा निश्चित संख्यामा प्यालेस्टिनीहरू प्यालेस्टिनी क्षेत्रहरूमा नराख्ने सम्झौता भएको थियो ।

फिदानले १५ प्यालेस्टिनीहरूलाई जेलबाट रिहा भएपछि कायरोस्थित टर्की दुतावासमार्फत भिसा दिइएको थियो । त्यसपछि टर्कीको यात्रा गरिएको थियो ।  युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायलले रिहा गरेको र हाल इजिप्टमा रहेका ६० प्यालेस्टिनी कैदीहरूलाई टर्की, कतार, मलेसिया र पाकिस्तानमा निर्वासित गरिनेछ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले चारै देशले १५ प्यालेस्टिनी कैदीहरूलाई आश्रय दिनेछन् ।