काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।
माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेबमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) दिने भएको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्