बिहीबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।

बिहीबार साहस उर्जा लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार २६४ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१५ कमपनीको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँको कारोबार भएको छ ।