काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताएका छन्।
बिहीवारको प्रतिनिधि सभा बैठकमा उनले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताएका हुन् । उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने बताए ।
विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने उनले दाबी गरे । अहिलेको सरकारसँग जना खुशी नभएपनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको उनले बताए ।
सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्