चितवन जिल्ला अदालतले भन्योः रविलाई साहारा सहकारी ठगी प्रकरणमा अहिले नै संलग्न नरहेको भन्न सकिँदैन


चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ ।

बिहीवार अदालतले साहारा सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो । साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको  चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए । धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ ।

कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।