सानिमा जिआईसीको लाभांश घोषणा


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

हिजो बसेको संचालक समितिको बैठकले गत आवका लागि सेयरधनीरुहलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७।८९४७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत एपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।