सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा


काठमाडाैँ । खानेपानी मन्त्रालयमा आगलागी भएको छ । शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।