काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको बताए । उनले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बताए । उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए ।
महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरुले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्