भ्रम फैलाएर जनतामा निराशाको खेती नगर्न प्रचण्डलाई एमाले सांसद गिरीको आग्रह


काठमाडाैँ । नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट आम नागरिक खुशी भएको भन्दै प्रतिपक्षी दलहरू दुःखी हुनुपर्ने कारण नरहेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले अध्यादेशबारे प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदको रोष्टमबाट भ्रमको तुवाँलो छर्ने काम गरेको बताएका छन्। जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न उनले आग्रह गरे । उनले नागरिक, व्यवसायी सबैले अध्यादेशको समर्थन गरेको भन्दै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको ? भन्दै प्रश्नसमेत गरे । अध्यादेशबाट डुब्न लागेका उद्योगहरु माथि उठ्ने विश्वास व्यापारीहरुले गरेको समेत उनको भनाइ छ । 

उनले देशको प्रधानमन्त्रीमाथि विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर बद्नाम गरिएको भन्दै त्यसमा नलाग्न आग्रह गरे ।