लुम्बिनी विकास बैंक र होटल वृन्दावन बिच सम्झौता


काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र होटल वृन्दावन प्रा. लि. बिच सम्झौता भएको छ । बैंकका आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको हो । होटल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा रहेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावनका बिभिन्न सेवा तथा सुबिधाहरुमा ३०% सम्म छुट प्रदान गर्ने जनाएको छ । होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १०% साथै होटल कोठाहरुको शुल्कमा ३०% छुट लिन सक्ने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावन प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले हस्ताक्षर गरेका छन् ।