मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६०० रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।