काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिकवर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई नगद लाभांश दिने निर्णय गरेको हो ।
माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २० अर्ब ५० करोड रुपैयाँको ८.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
समितिले प्रस्ताव गरेको उक्त लाभांश बिमा प्राधिकरणले स्विकृत गरेपछि आगामी साधारण सभाले अनुमोदन गरेर मात्रै सेयरधनिलाई वितरण गरिने छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

प्रतिक्रिया दिनुहोस्