काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २१.५२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो ।
समितिको प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनिलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्